TOTAL VISITOR

Sunday, September 20, 2015

क्लवले आज साँझ नेपालमा नेपालको संविधान २०७२ जारी भएको मा दिपावलीका साथमा साँझको कार्यक्रम सन्चालन गर्ने

आश्वीन ३ गते– रविन्द्र घिमिरे
उत्तरी लमजुङको बाहुनडाँडामा योङ्ग स्टार क्लव बाहुनडाँडाको १९ औ वार्षिकोत्सव एवं हरीतालिका तीजको अवसरमा ८औ वाहुनडाँडा कप पुरुष फुटवलमा आज चौथोदिन दोश्रोे राउण्डका ६ खेलहरु सम्पन्न भएको छ । भलिवल प्रतियोगता तर्फ सेमीफाइनलका खेलहरु सम्पन्न भएको छ ।
फुटवल तर्फको आजको पहिलो खेल टारीकुना खुदी र ङादिचुली ङादि विच भएको खेलमा निर्धारीत समयमा कुनै गोल नभएको ले ट्रइव्रेकरमा ३,४ गोल अन्तरले ङादिचुली ङादि विजयी भएको छ ।आजको देश्रो खेल र ङादिचुली ङादि रातो र सप्तकन्यादेवी युवा क्लव विच भएको खेलमा १ का विरुद्ध ३ गोल गर्दै र ङादिचुली ङादि रातो विजयी भएको छ । आजकै तेश्रो खेलमा विम्दा ले ० का विरुद्ध ३ गोल गर्दै विम्दा विजयी भएको छ । आजको चौथो खेलमा चन्द्रमा थाकन रातोले आयोजक को एक खेलाडीले पहिलो हाप को सुरुवातमा नै डि वक्स भित्र हातले वल रोक्दा रातो कार्ड खाई ६ जनामा सिमित भएको टिमलाई १ का विरुद्ध ३ गोल गर्दै चन्द्रमा थाकन विजयी भएको छ । आजको पाचौ खेलमा एम सि टि मनाङ्गे चौतारा वेसीसहरले सिउरुङ रातोलाई ० का विरुद्ध १ गोलले विजयी भएको छ । आजको अन्तीम खेल शान्तिदिप दिङदिङले ताराचोकलाई १ का विरुद्ध २ ले पराजीत गर्दै दिङदिङ अर्को चरणमा पुकेको छ ।
भलिवल तर्फको सेमी फाइनलमा २३–२५, २२–२५ र १५–२५ को सोझो सेटले आयोजक योङ्ग स्टार क्लवलाई पराजित गर्दै जनविकाश फाइनलमा पुगेको छ । भने भुस्मेलाई १–३ ले पराजित गराउदै मनकामना फनिचर वेशीसहर विजयी भएको छ ।
महिला तर्फ ८ टिमको सहभागिता रहेको छ । भने महिलाका खेलहरु भोली बाट सन्चालन हने र हुन सक्ने सम्भावित दुर्घटना लाई मध्यनजर गरी बाघता युकेले खेल अवधिभर वाघेता पर्यावरण को एम्वुलेन्स बाहुनडाँडामा राख्न अनुमति दिएकोमा वाघेता पर्यावरण समिति र वाघेता युकेलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ । क्लवले आज साँझ नेपालमा नेपालको संविधान २०७२ जारी भएको मा दिपावलीका साथमा साँझको कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment