TOTAL VISITOR

Tuesday, September 15, 2015

तिज को सम्झना !!!


भाद्र २९ गते, २०७२ 


    नयाँ इतिहास रच्ने बिश्वास YSC को आफ्नो ३ दशक पुराना कार्यक्रम हेर्ने हो भने जब क्लब स्थापना पश्चात औपचारिक रुप मा विविध खेल सहित अन्य कार्यक्रम हरु को आयोजना गर्न थाल्यो प्रत्येक बर्ष नयाँ नेतृत्व ले नया तरिका हरु बाट तिज संचालन गरेको देख्दछु ।आज फेसबुक मा YSC का सस्थापक दाजु प्रेम गुरुङ ज्यु ले अपलोड गर्नु भएको यो तस्वीरले मलाइ थाहा भए सम्मका तिजका कार्यक्रम र फोटो मा देखिएका सम्पुर्ण ब्यक्तित्व खेलाडी कलाकार प्रती सम्मान स्वरुप केही लेख्ने चाहना बढ्यो ।बर्खाका कामहरु सकिए पछि को सुरुवातको पर्व हो त्यसैले पनि बेग्लै महत्व छ तिज को मेरो गाउँ मा, जति बेला गाउँ -गाउँ बाट घरायसी प्रयोजनका सामन हरु किन्न अनि आफ्नो गाउँ घर मा बनेका खेती किसानि प्रायोजन को लागि चाहिने सामग्री हरु बेच्ने थलो हो मेरो गाउँ । समयले फड्को मार्‍यो यी सबै सर सामग्री को किन बेच को थलोको रुप मा तिज चिनिदै आज नयाँ स्वरुप लियो । खेलको विषयमा भन्नू पर्दा लमजुङको उतरी भेग का प्राय गाउँहरु भौगोलिक रुपमा सबै डाँडाहरुले भरिएको ठाउँ जहाँ फुटबल खेल्ने संभावना न्यून थिए त्यो समयमा पनि मेरो गाउँको स्कुलको मैदानमा फुटबल खेलको आयोजना हुने गर्दथ्यो ।वर पर का गाउँका बुढा पाका देखि लिएर जवान युवा युवती हरु खेल हेर्न मेला भरी हुन्थे ।
 
योङ स्टार क्लबको खेलाडीहरु ,  तस्बिर: प्रेम गुरुङ 


योङ स्टार क्लबको खेलाडीहरु ,  तस्बिर: प्रेम गुरुङ




























   जुन जर्सी यो तस्वीर मा लगाउनु भएको छ त्यो जर्सी मेरो उमेर भन्दा पाको हुनु पर्छ सायद त्यो समय अनि जर्सी लगाएर खेल्ने हाम्रो दाइ हरु लाई फुटबलको देश भनेर चिनिने ब्राजिलको उपमा दिन्थे कोहि कोहि दर्शकहरु साच्चिकै त्यो बेला र समय हदै रमाइलो र अबिसमरणिय थिए .लमजुङको को उतरी भेगमा पछीका दिनमा आयोजना गरिन थालिए फुटबल जसको श्रेय म YSC लाई नै दिन्छु । ती सबै प्रतियोगिता हरु मा YSC ले दोश्रो स्थान संग कहिले आफू लाई परिचय दिएन यो इतिहास को सम्मान गर्दछु । दिन भरि खेलको थकान अनि बेलुका यिनै दाइहरु क्लब को आर्थिक पक्ष लाई सुधारेर लग्ने सोचमा अनि मेला भर्न आउनु भएका दर्शकहरुको मनोरञ्जनको लागि नृत्य गर्न पनि पछि पर्नु हुदैन थियो ।


त्यो जमाना थियो मादल बजाएर गित गाएर नृत्य गर्ने यस्लाइ पनि संगै समेटेर क्लब ले आफ्नो कोषबाट खर्च गरि ठूलो ठूलो २ वटा स्पिकर क्यासेट किनेर ल्याइ नेपाली फिलिमका पुराना गित हरु मा नृत्य गर्दा दर्शकहरु छ्क्क पर्दथे ।आज को दिन सम्म आइपुग्दा औपचारिक रुपमा क्लब ले १९ औं पटक तिज मेला आयोजना गर्दै छ ।ती पुराना दिन मा १/२ दिन टिक्ने मेला आज समय लम्बिएर १/२ हफ्ता मा परिवर्तन भएको छ यी सबै मेरो नजरमा इतिहास हुन ।आज क्लब को परिचय रास्टृय स्तर मा बनिसकेको अवस्था मा क्लबमा विविध चुनौती हरु पनि आएका छ्न ती सबै लाई सहज तरिका बाट समापन गर्दै अर्को नया ईतिहास कोर्न आतुर हुनु पर्छ ।आज गाउँ मा तिज मेला आयोजना हुँदैछ ।यो आयोजना को अवसर दिलाउनु हुने तमाम सहयोगि हरु प्रती हार्दिक नमन गर्दछु अनि पुर्ण सफलता को कामना पनि धन्यवाद !!

युबराज गुरुङ, 
हाल- दोहा कतार ।

2 comments: