TOTAL VISITOR

Monday, September 14, 2015

आज सम्म पुरुष फुटवलमा 38 टिम


भाद्र २९ गते– रविन्द्र घिमिरे
उत्तरी लमजुङको बाहुनडाँडामा यहि भाद्र ३० देखि असोज ५ गते सम्म योङ्ग स्टार क्लव बाहुनडाँडाको १९ औ वार्षिकोत्सव एवं हरीतालिका तीजको अवसरमा ८औ वाहुनडाँडा कप पुरुष तथा महिला फुटवल प्रतियोगिता, तीज गित प्रतियोगिता, भलिवल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, छेलो प्रतियोगिताको साथमा विविध सास्कृतिक कार्यक्रम सहित मनाउन लागिएको छ । कार्यक्रमको लागि खेल मैदान मर्मत सडक मर्मत लगाएतका सम्पुर्ण तयारी पुरा भई सकेको क्लव सचिव दिपेन्द्र घिमिरेले वताउनु भयो । आज सम्म पुरुष फुटवलमा 38 टिम , महिला फुटवलमा ५ टिम भलिवलमा ५ टिम दर्ता भई सकेको क्लव कोषाध्यक्ष पवित्र काफ्ले जानकारी दिनु भयो । क्लवको वार्षिकोत्सको अवसरमा आयोजित पुरुष फुटवलको प्रथम पुरस्कार नगद रु ४०,००० शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु २५,००० मेडल र प्रमाणपत्र रहेको छ भने महिला फुटवल तर्फ प्रथम पुरस्कार नगद रु ५००० शिल्ड, मेडल र प्रमाण पत्र , द्धितिय नगद रु२५००, मेडल र प्रमाण पत्र रहेको छ । भलिवल तर्फ प्रथम पुरस्कार नगद रु १५००० शिल्ड, मेडल र प्रमाण पत्र र दित्तीय नगद रु१०००० मेडल र प्रमाण पत्र रहेको छ । नृत्य प्रतियोगितामा प्रथम पुरस्कार नगद रु१०००० दित्तीय पुरस्कार नगद रु५००० को साथमा अन्य प्रतियोगितामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । तीज मेला भाद्र ३० गतेबाट सुरु भए पनि ८ औ वाहुनडाँडा कपको औपचारिक उद्घाटन भाद्र ३१ गते विहान ११ वजे हुनेछ । सो कार्यक्रमको प्रमुख अतिथि एन्फा उपाध्यक्ष कर्मा गुरुङ रहनु हुने ो क्लव अध्यक्ष विष्णु प्रसाद गुरुङले वताउनु भयो ।

No comments:

Post a Comment