TOTAL VISITOR

Wednesday, September 23, 2015

८औ वाहुनडाँडा कप २०७२ पुरुष फुटवलको उपाधी ङादिचुली ङादिलाई


आश्वीन ६ गते– रविन्द्र घिमिरे
योङ्ग स्टार क्लव बाहुनडाँडाको १९ औ वार्षिकोत्सव एवं हरीतालिका तीजको अवसरमा ८औ वाहुनडाँडा कप पुरुष फुटवलमा आज सातौं दिन पुरुष तथा महिला फुटवल र भलिवलको फाइनल सम्पन्न भएको छ । पुरुष तर्फको फाइनल खेल ङादिचुली युवा क्लव ङादि र समाज कल्याण युवा क्लव काठमाण्डौ विच भएको खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । थप समयको चौथो मिनेट मा सचिन थापा मगरको पासलाई अरुण थापाले गोलमा परिणत गरेका थिए । सोहि गोलको मद्दतले ङादिचुली युवा क्लव ङादि उपाधि चुम्न सफल भयो । निकै प्रतिस्पर्धामक खेलमा समाज कल्याणले गोल गर्ने अवसर धेरै नै प्राप्त गरेता पनि गोललाई दिशा दिन सकेनन । महिला तर्फको फाइनल खेलमा निर्धारित समय र थप समयमा कुनै गोल नहुदा खेल ट्राइ¬व्रेकरमा पुगेको थियो । ट्राइ¬व्रेकरमा २–३ गोल अन्तरले आयोजकलाई पन्छाउदै अमर युवा क्लव निउरीले महिला तर्फको उपाधि हात पार्न सफल भएको छ । पुरुषतर्फको खेलको सर्वाधिक गोल कर्ता ङादिचुली युवा क्लव ङादिका खेलाडी भक्त आले मगरले खेल अवधि भरि ६ गोल गरी आफ्नो नाममा पार्न सफल भए । पुरुष तर्फको उत्कृष्ट खेलाडी शान्तिदिप युवा क्लवका अभिनाश गुरुङले हात पारे । भलिवल तर्फ जनविकास उमाविलाई हराउदै मनकामना फर्निचर वेशीसहर विजयी भएको छ । ३१ भदौ वाट सुरु भएको फुटवलमा महिला तर्फ ८ र पुरुष तर्फ ३८ टिमको सहभागिता रहेको थियो । भलिवल तर्फ ९ टिम, एकल नृत्य प्रतियोगिता तर्फ १३ प्रतिपर्धि , तीजगीत प्रतियोगिता तर्फ ७ टिमको सहभागिता रहेको छ । पहिले नै सम्पन्न भएको तीज गीत प्रतियोगितामा जटेश्वर निमावि प्रथम, चेलीवेटी समुह दित्तिय र लालीगुरास समुह तृतिय भएको थियो । एकल नृत्य प्रतियोगितामा वेशीसहरकी सुस्मीता नेपाली प्रथम भएकी छिन । दित्तीय स्थानमा भिरपुस्तुनकी सुनिता गुरुङ र वेशीसहर की मन्जु विक दुई जनाले प्राप्त गरे त्यस्तै तृतिय स्थान पनिदुई प्रतिस्पर्धिहरुले प्राप्त गरेकी छन् । वाहुनडाँडाका धन वहादुर भुजेल र वेशीसहरकी नारायणी नेपाली र सम्पुर्ण सहभागीहरुलाई सान्वना पुरस्कार क्लवले प्रदान गरेको थियो ।
क्लवको वार्षिकोत्सको अवसरमा आयोजित पुरुष फुटवलको प्रथम पुरस्कार नगद रु ४०,००० शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु २५,००० मेडल र प्रमाणपत्र रहेको छ भने महिला फुटवल तर्फ प्रथम पुरस्कार नगद रु ५००० शिल्ड, मेडल र प्रमाण पत्र , द्धितिय नगद रु२५००, मेडल र प्रमाण पत्र रहेको छ । भलिवल तर्फ प्रथम पुरस्कार नगद रु १५००० शिल्ड, मेडल र प्रमाण पत्र र दित्तीय नगद रु१०००० मेडल र प्रमाण पत्र रहेको छ । नृत्य प्रतियोगितामा प्रथम पुरस्कार नगद रु१०००० दित्तीय पुरस्कार नगद रु५००० तीज गीत प्रतियोगितामा प्रथम नगद रु५००० ,दितीय रु ३००० र तृतीय रु १००० र सान्त्वना रु५००को साथमा अन्य प्रतियोगितामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । । समापन कार्यक्रममा प्रमुख अतिथि पशुपति गणका गणपति श्री शुभाङ्गत कटुवाल रहनु भएको छ ।
फाइनल खेलको झलकहरु- तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

फाइनल खेलको झलकहरु- तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

 फाइनल खेल्को उत्घटनमा श्री शुभाङ्गत कटुवाल- तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

महिला फाइनल खेल अमर युवा क्लव निउरी-रातो- योङ स्टार क्लब सेतो - तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

योङ स्टार क्लबको अध्यक्ष श्री बिष्णु प्रसाद गुरुङ को साथमा पशुपति गणका गणपति श्री शुभाङ्गत कटुवाल

 तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

 तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

 तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

 तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

समाज कल्याण युब क्लब काठमाडौं ङादिचुली युवा क्लव ङादि, तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

समाज कल्याण युब क्लब काठमाडौं ङादिचुली युवा क्लव ङादि, तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

 तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा

 तस्बिर : रबिन्द्र घिमिरे, बाहुनडाँडा
 
 
 
 

Sunday, September 20, 2015

क्लवले आज साँझ नेपालमा नेपालको संविधान २०७२ जारी भएको मा दिपावलीका साथमा साँझको कार्यक्रम सन्चालन गर्ने

आश्वीन ३ गते– रविन्द्र घिमिरे
उत्तरी लमजुङको बाहुनडाँडामा योङ्ग स्टार क्लव बाहुनडाँडाको १९ औ वार्षिकोत्सव एवं हरीतालिका तीजको अवसरमा ८औ वाहुनडाँडा कप पुरुष फुटवलमा आज चौथोदिन दोश्रोे राउण्डका ६ खेलहरु सम्पन्न भएको छ । भलिवल प्रतियोगता तर्फ सेमीफाइनलका खेलहरु सम्पन्न भएको छ ।
फुटवल तर्फको आजको पहिलो खेल टारीकुना खुदी र ङादिचुली ङादि विच भएको खेलमा निर्धारीत समयमा कुनै गोल नभएको ले ट्रइव्रेकरमा ३,४ गोल अन्तरले ङादिचुली ङादि विजयी भएको छ ।आजको देश्रो खेल र ङादिचुली ङादि रातो र सप्तकन्यादेवी युवा क्लव विच भएको खेलमा १ का विरुद्ध ३ गोल गर्दै र ङादिचुली ङादि रातो विजयी भएको छ । आजकै तेश्रो खेलमा विम्दा ले ० का विरुद्ध ३ गोल गर्दै विम्दा विजयी भएको छ । आजको चौथो खेलमा चन्द्रमा थाकन रातोले आयोजक को एक खेलाडीले पहिलो हाप को सुरुवातमा नै डि वक्स भित्र हातले वल रोक्दा रातो कार्ड खाई ६ जनामा सिमित भएको टिमलाई १ का विरुद्ध ३ गोल गर्दै चन्द्रमा थाकन विजयी भएको छ । आजको पाचौ खेलमा एम सि टि मनाङ्गे चौतारा वेसीसहरले सिउरुङ रातोलाई ० का विरुद्ध १ गोलले विजयी भएको छ । आजको अन्तीम खेल शान्तिदिप दिङदिङले ताराचोकलाई १ का विरुद्ध २ ले पराजीत गर्दै दिङदिङ अर्को चरणमा पुकेको छ ।
भलिवल तर्फको सेमी फाइनलमा २३–२५, २२–२५ र १५–२५ को सोझो सेटले आयोजक योङ्ग स्टार क्लवलाई पराजित गर्दै जनविकाश फाइनलमा पुगेको छ । भने भुस्मेलाई १–३ ले पराजित गराउदै मनकामना फनिचर वेशीसहर विजयी भएको छ ।
महिला तर्फ ८ टिमको सहभागिता रहेको छ । भने महिलाका खेलहरु भोली बाट सन्चालन हने र हुन सक्ने सम्भावित दुर्घटना लाई मध्यनजर गरी बाघता युकेले खेल अवधिभर वाघेता पर्यावरण को एम्वुलेन्स बाहुनडाँडामा राख्न अनुमति दिएकोमा वाघेता पर्यावरण समिति र वाघेता युकेलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ । क्लवले आज साँझ नेपालमा नेपालको संविधान २०७२ जारी भएको मा दिपावलीका साथमा साँझको कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ ।

Wednesday, September 16, 2015

ढल्कियो बाहुनडाँडा रातो सारीले,

भदौ ३० गते, बाहुनडाडा,लम्जुङ

   नेपाली नारीहरु बर्ष भरिका आफ्ना सुखदुःख का अनुभव हरु गित र संगीत को माध्यम बाट ब्यक्त गर्ने पर्व ।त्यही भावना अनि अन्य विविध बिसय को प्रतिनिधित्व गर्ने आवाज बिचको प्रतिस्पर्धा ।योङ स्टार क्लब को आयोजनामा हुँदै गरेको तिज गित प्रतियोगितामा ७ महिला समूह को सहभागी ।
(१) दिदी बहिनी समूह
(२)चेलीबेटी समूह
(३)शान्ती दिप आमा समूह
(४)लालिगुरास महिला समूह
(५)प्रगतिशिल आमा समूह
(६)मिलिजुली आमा समूह
(७) जटेश्वर नि.मा.बि समुह



8th बाहुन्डाँडा कप, गीत  प्रतियोगिताको केही झलक , तस्बिर: बिनोद गुरुङ / मुनिन्द्रा गुरुङ 

8th बाहुन्डाँडा कप, गीत  प्रतियोगिताको केही झलक , तस्बिर: बिनोद गुरुङ / मुनिन्द्रा गुरुङ

8th बाहुन्डाँडा कप, गीत  प्रतियोगिताको केही झलक , तस्बिर: बिनोद गुरुङ / मुनिन्द्रा गुरुङ


8th बाहुन्डाँडा कप, गीत  प्रतियोगिताको केही झलक , तस्बिर: बिनोद गुरुङ / मुनिन्द्रा गुरुङ

8th बाहुन्डाँडा कप, गीत  प्रतियोगिताको केही झलक , तस्बिर: बिनोद गुरुङ / मुनिन्द्रा गुरुङ




Tuesday, September 15, 2015

तिज को सम्झना !!!


भाद्र २९ गते, २०७२ 


    नयाँ इतिहास रच्ने बिश्वास YSC को आफ्नो ३ दशक पुराना कार्यक्रम हेर्ने हो भने जब क्लब स्थापना पश्चात औपचारिक रुप मा विविध खेल सहित अन्य कार्यक्रम हरु को आयोजना गर्न थाल्यो प्रत्येक बर्ष नयाँ नेतृत्व ले नया तरिका हरु बाट तिज संचालन गरेको देख्दछु ।आज फेसबुक मा YSC का सस्थापक दाजु प्रेम गुरुङ ज्यु ले अपलोड गर्नु भएको यो तस्वीरले मलाइ थाहा भए सम्मका तिजका कार्यक्रम र फोटो मा देखिएका सम्पुर्ण ब्यक्तित्व खेलाडी कलाकार प्रती सम्मान स्वरुप केही लेख्ने चाहना बढ्यो ।बर्खाका कामहरु सकिए पछि को सुरुवातको पर्व हो त्यसैले पनि बेग्लै महत्व छ तिज को मेरो गाउँ मा, जति बेला गाउँ -गाउँ बाट घरायसी प्रयोजनका सामन हरु किन्न अनि आफ्नो गाउँ घर मा बनेका खेती किसानि प्रायोजन को लागि चाहिने सामग्री हरु बेच्ने थलो हो मेरो गाउँ । समयले फड्को मार्‍यो यी सबै सर सामग्री को किन बेच को थलोको रुप मा तिज चिनिदै आज नयाँ स्वरुप लियो । खेलको विषयमा भन्नू पर्दा लमजुङको उतरी भेग का प्राय गाउँहरु भौगोलिक रुपमा सबै डाँडाहरुले भरिएको ठाउँ जहाँ फुटबल खेल्ने संभावना न्यून थिए त्यो समयमा पनि मेरो गाउँको स्कुलको मैदानमा फुटबल खेलको आयोजना हुने गर्दथ्यो ।वर पर का गाउँका बुढा पाका देखि लिएर जवान युवा युवती हरु खेल हेर्न मेला भरी हुन्थे ।
 
योङ स्टार क्लबको खेलाडीहरु ,  तस्बिर: प्रेम गुरुङ 


योङ स्टार क्लबको खेलाडीहरु ,  तस्बिर: प्रेम गुरुङ




























   जुन जर्सी यो तस्वीर मा लगाउनु भएको छ त्यो जर्सी मेरो उमेर भन्दा पाको हुनु पर्छ सायद त्यो समय अनि जर्सी लगाएर खेल्ने हाम्रो दाइ हरु लाई फुटबलको देश भनेर चिनिने ब्राजिलको उपमा दिन्थे कोहि कोहि दर्शकहरु साच्चिकै त्यो बेला र समय हदै रमाइलो र अबिसमरणिय थिए .लमजुङको को उतरी भेगमा पछीका दिनमा आयोजना गरिन थालिए फुटबल जसको श्रेय म YSC लाई नै दिन्छु । ती सबै प्रतियोगिता हरु मा YSC ले दोश्रो स्थान संग कहिले आफू लाई परिचय दिएन यो इतिहास को सम्मान गर्दछु । दिन भरि खेलको थकान अनि बेलुका यिनै दाइहरु क्लब को आर्थिक पक्ष लाई सुधारेर लग्ने सोचमा अनि मेला भर्न आउनु भएका दर्शकहरुको मनोरञ्जनको लागि नृत्य गर्न पनि पछि पर्नु हुदैन थियो ।


त्यो जमाना थियो मादल बजाएर गित गाएर नृत्य गर्ने यस्लाइ पनि संगै समेटेर क्लब ले आफ्नो कोषबाट खर्च गरि ठूलो ठूलो २ वटा स्पिकर क्यासेट किनेर ल्याइ नेपाली फिलिमका पुराना गित हरु मा नृत्य गर्दा दर्शकहरु छ्क्क पर्दथे ।आज को दिन सम्म आइपुग्दा औपचारिक रुपमा क्लब ले १९ औं पटक तिज मेला आयोजना गर्दै छ ।ती पुराना दिन मा १/२ दिन टिक्ने मेला आज समय लम्बिएर १/२ हफ्ता मा परिवर्तन भएको छ यी सबै मेरो नजरमा इतिहास हुन ।आज क्लब को परिचय रास्टृय स्तर मा बनिसकेको अवस्था मा क्लबमा विविध चुनौती हरु पनि आएका छ्न ती सबै लाई सहज तरिका बाट समापन गर्दै अर्को नया ईतिहास कोर्न आतुर हुनु पर्छ ।आज गाउँ मा तिज मेला आयोजना हुँदैछ ।यो आयोजना को अवसर दिलाउनु हुने तमाम सहयोगि हरु प्रती हार्दिक नमन गर्दछु अनि पुर्ण सफलता को कामना पनि धन्यवाद !!

युबराज गुरुङ, 
हाल- दोहा कतार ।

Monday, September 14, 2015

आज सम्म पुरुष फुटवलमा 38 टिम


भाद्र २९ गते– रविन्द्र घिमिरे
उत्तरी लमजुङको बाहुनडाँडामा यहि भाद्र ३० देखि असोज ५ गते सम्म योङ्ग स्टार क्लव बाहुनडाँडाको १९ औ वार्षिकोत्सव एवं हरीतालिका तीजको अवसरमा ८औ वाहुनडाँडा कप पुरुष तथा महिला फुटवल प्रतियोगिता, तीज गित प्रतियोगिता, भलिवल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, छेलो प्रतियोगिताको साथमा विविध सास्कृतिक कार्यक्रम सहित मनाउन लागिएको छ । कार्यक्रमको लागि खेल मैदान मर्मत सडक मर्मत लगाएतका सम्पुर्ण तयारी पुरा भई सकेको क्लव सचिव दिपेन्द्र घिमिरेले वताउनु भयो । आज सम्म पुरुष फुटवलमा 38 टिम , महिला फुटवलमा ५ टिम भलिवलमा ५ टिम दर्ता भई सकेको क्लव कोषाध्यक्ष पवित्र काफ्ले जानकारी दिनु भयो । क्लवको वार्षिकोत्सको अवसरमा आयोजित पुरुष फुटवलको प्रथम पुरस्कार नगद रु ४०,००० शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार नगद रु २५,००० मेडल र प्रमाणपत्र रहेको छ भने महिला फुटवल तर्फ प्रथम पुरस्कार नगद रु ५००० शिल्ड, मेडल र प्रमाण पत्र , द्धितिय नगद रु२५००, मेडल र प्रमाण पत्र रहेको छ । भलिवल तर्फ प्रथम पुरस्कार नगद रु १५००० शिल्ड, मेडल र प्रमाण पत्र र दित्तीय नगद रु१०००० मेडल र प्रमाण पत्र रहेको छ । नृत्य प्रतियोगितामा प्रथम पुरस्कार नगद रु१०००० दित्तीय पुरस्कार नगद रु५००० को साथमा अन्य प्रतियोगितामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । तीज मेला भाद्र ३० गतेबाट सुरु भए पनि ८ औ वाहुनडाँडा कपको औपचारिक उद्घाटन भाद्र ३१ गते विहान ११ वजे हुनेछ । सो कार्यक्रमको प्रमुख अतिथि एन्फा उपाध्यक्ष कर्मा गुरुङ रहनु हुने ो क्लव अध्यक्ष विष्णु प्रसाद गुरुङले वताउनु भयो ।

Teej Special


खेल मैदान मर्मत गर्दै

बाहुनडाँडा कप सुरु हुन अब केही दिन बाकी रहदा आयोजक खेल मैदान मर्मत गर्दै तयारी मा जुटिरहेको छ ।आज बेलुका सम्म खेल मैदान पुर्ण रुप मा तयार भइ सक्ने कुरा क्लब का उपाध्यक्ष श्री बिनोद गुरुङ ज्यु ले जानकारी गराउनु भयो ।खेल मैदान मर्मत मा क्लब का अध्यक्ष सचीव एवं सम्पुर्ण सदस्य हरु खटिएका छ्न ।























तस्बिर :- बिनोद गुरुङ (ysc उपाध्यक्ष )